रिलको संसारमा रमाउदै : हराउँदै मानवीयता”

✍️ लेखक: [BK DIL ABIRAL]

परिचय:

आजको पुस्ता स्मार्टफोनमा जन्मिन्छ, सामाजिक सञ्जालमा हुर्किन्छ, र वर्चुअल दुनियाँमा हराउँछ। टेक्नोलोजीले जीवनलाई सहज बनाएको छ तर मानवीय सम्बन्ध, आत्मीयता र नैतिकतामा गहिरो असर पारेको छ। १५ सेकेन्डको रमाइलो भिडिओ र ट्रेन्ड पछ्याउने नाममा हाम्रो चेतना, आत्मसम्मान र अस्तित्व नै हराउँदै गएको जस्तो देखिन्छ।


१. मानवीयताको हराउदो अस्तित्व

आज भोलिका मान्छे हरु गज्जबको ग्याजेट बोकेर हिँड्छ, पुरै दुनिया देख्तछ तर छेउको मान्छेलाई हेर्न भुल्छ। उसलाई न त अर्काको पिडा महसुस हुन्छ, न त आफ्नो व्यवहारको असर थाहा हुन्छ।
उ केवल सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने रहर मात्र देखन्छ उसले आफन्त, समाज र आफैलाई समेत भुल्छ र भुलि रहेको छ।
कसैले सहयोग मागे—अनदेखा गर्छ , कसैले बिचार गर नरम बन भन्न खोजे—उसले कसैलाई बोल्नै नदिने ब्यबहार गर्छ ।
यहा त् संवेदना, सहानुभूति, माया–सबै शब्द केवल स्टेटस र शायरीमा सीमित छन्।


२. रिलको संस्कृति ले : जीवनको वास्तविकतालाई विस्थापित गर्दै छ |

यहा एक तस्बिर, १५ सेकेन्डको रिल, मेकअप, म्युजिक र अभिनय मात्र छ ।
कति बेला हामीले वास्तविकता छोडेर अभिनय गर्न सुरु गर्यौं हामि कसैलाई थाहा छैन ?
अहिलेको पुस्ता आफ्नो भावना देखाउने होइन, ‘क्याप्सन’ लेख्ने प्रतिस्पर्धामा छ।
रिल बनाउँदा अनुहारमा हाँसो हुन्छ, तर बास्तबमा उ मनभित्र एक्लोपन, निराशा र चिन्ताले भरिएको हुन्छ।


३. झूटको सौन्दर्य: “जस्तो देखिन्छ, त्यस्तो हुँदैन”

आजको युगमा मानिस राम्रो बन्न चाहँदैन, राम्रो देखिन चाहन्छ।
कसैले महँगो गाडीको अगाडि फोटो खिच्छ, तर त्यो उसको होइन।
कसैले आफ्नो जीवनसाथीलाई तुच्छ देखाएर भाइरल हुन्छ।तर आफ्नो अस्तित्व हराउदै गरेको देख्दैन |
आजको मान्छे सार्वजनिक गरिमा भन्दा पनि पब्लिक लाइक–कमेंटको तिर्सना मा बढेको छ।
तर एकचोटि सोचौँ—के हामी साँच्चै आफूलाई खुशी बनाइरहेका छौँ, कि अरूलाई झुटो हासो देखाएर आत्मसन्तुष्ट हुँदैछौँ?


४. अश्लीलता: खुलेर होइन, विकृत भएर नाङ्गिनु

केही वर्ष अघि सम्म “शर्म” भन्ने कुरा गर्वको विषय थियो।
आजको पुस्ताले “ओपन माइन्डेड” बन्ने नाममा सीमाना पार गरिसकेको छ।
अश्लीलता, निर्वस्त्रता, हिंसा, र नकारात्मकता खुलेर प्रस्तुत र्गछ र गरिन्छ,
जसको असर बालबालिका, किशोर किशोरीको मानसिकता र मूल्य प्रणालीमा गहिरो असर गर्छ।
कति त झन अझ “ट्रेंड” को नाममा नाङ्गिन चाहन्छन्, केहि नसोची यसले परिवार समाज को अस्त्तिव कता लाने हो?


५. शिक्षा हैन, प्रदर्शनको युग

अबको युवा पुस्ता ज्ञानको गहिराइ भन्दा पनि डिग्रीको फोटो देखाउँछ।
आफ्नो सीप भन्दा पनि कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने कुरा सिक्छ।
सपना देखिन्छ—तर योजनाविनाको, कष्ट बिना को अनि सफलता बिनाको को आशा देखि रहेएको हुन्छ।
के सफलताको मापन अब केवल लाइक र भ्युज ले मात्र बन्ने हो त् ?


६. समाधान के हो?

🌱 विचारको क्रान्ति सुरु गरौं:

🕊️ संवेदना पुनःजागृत गरौं:

🔥 साहसिक परिवर्तनका लागि अग्रसर बनौं:


निष्कर्ष:

आजको यथार्थ के हो भने हामी टेक्नोलोजीको गुलाम भएका छौँ।
तर यो स्थितिमा परिवर्तन सम्भव छ—यदि हामी आफै बदलिन तयार भयौं भने।
रिल, फेम, लाइक र ट्रेन्डभन्दा माथि हामी मानव हौं।
मानवता, माया र मूल्यमा फर्कन सके—त्यो नै साच्चिकै ‘भाइरल’ बन्ने बाटो हुनेछ।


“मान्छे बन्ने हो भने आत्मा मा फर्कनुपर्छ, आत्मा मा फर्कन भने संवेदना र सम्मान मा बाँच्नुपर्छ।”

पहिला सोच बदलौ अनि मात्र समाज बदलिन्छ