जात अलग भएनी खुन त आखिर एउटै थियो ॥
आखिर कि न ?
आखिर कि न ?
तारा अलग भएनी, जुन त आखिर एउटै थियो ।
जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥
उनि बस्थिन महलमा, मेरो वास थ्यो झुपडीमा ।
च्यादर अलग भएनी, ऊन त आखिर एउटै थियो ॥
उनि खान्थिन चार जनाको बिचमा ,मैले खान्थे अलगै बसेर |
बस्ने ठाउ अलग भएनी ,जमिन त् आखिर एउटै थियो ||
उनि खान्थिन मासु भात , म खान्थ्ये गुन्फ्रुक ढिडो |
अनाज फरक भएनी , भोक त् आखिर एउतै थियो ||
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा ।
बाजा अलग भएनी, धुन त आखिर एउटै थियो ॥
उनि जान्थिन रेष्टुरेन्ट, म गुन्द्रुक मा रमाउथे ।
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो ॥
तारा अलग भएनी, जुन त आखिर एउटै थियो ।
जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥
दिल अविरल