ओलीद्वारा संसदमा मोदी भ्रमणको प्रशंसा, १० उपलब्धी भएको दाबी

काठमाडौं ३० वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध नयाँ इचाइमा पुगेको बताएका छन् । 
प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै ओलीले नेपालको पक्ष र भारतको समेत पक्षमा भएको बताएका हुन् । 
देशभक्तिप्रति सजग  
प्रधानमन्त्री ओलीले नेपाली जनताको देशभक्ति र देशप्रतिको सजगतालाई प्रसंशा गर्दै धन्यवाद भने । ‘नेपाली जनताले सरकारलाई लगातार गल्ती नहोस्, कमी कमजोरी नहो्स । कमीहरु नदोहोरिउन, चुक्ने काम नहोस् भनेर खबरदारी गरिरहनुभयो । यसलाई सकारात्मक रुपमा लिएको छु,’ ओलीले भने । 
नेपाली जनताको जागरुकताका कारण राष्ट्रियता, राष्ट्रिय  स्वाधिनता र भौगोलिक अखण्डा बचाउन सकिएको उनले स्मरण गरे । 
मुख्यमन्त्रीको अभिव्यक्ती गलत
प्रधामनन्त्री ओलीले जनकपुरमा मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको उल्लेख गरे । ‘नागरिक अभिनन्दनका क्रममा भएका कुराहरु कति अलिक राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीका कमजोर र अनुपयुक्त रहे । ती अनुभवका कारणले रहे होला,’ मुख्यमन्त्रीको नाम नै उच्चारण नगरी ओलीले भने, ‘परराष्ट्र सम्बन्धमा, नेपाल भारत सम्बन्धका स्पष्ट धारणा छँदै छन् ।’ मुख्यमन्त्री राउतले संविधानलाई विधेदकारी भन्दै मोदीको अगाडि बोलेका थिए । 
सहमति कार्यान्वयनमा भारत तयार
प्रधानमन्त्री ओलीले मोदीसँगको एक्ला एक्लै कुरा–कानीमा विगतमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए । 
‘दुई सावैभौम सत्ता सम्पन्न, स्वाधिन राष्ट्र हुन् । एक अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, वैदेशिक मामिला स्वतन्त्र ढंगले सञ्चालन गर्ने कुरामा सहमति भएको छ,’ ओलीले भने, ‘भोगोलिक अखण्डतालाई सम्मान गर्ने । राष्ट्रिय हितलाई यथोचित ढंगले सम्मान गर्ने कुरा वक्तव्यमा आएका छन् ।’
विगतमा गरिएका कतिपय सहमति कार्यान्वयनमा ढिलाई भएकाले समय सीमा तोकेर काम अगाडि बढाउने सहमति भएको ओलीले बताए । 
नेपालको संविधान दिवस असोज ३ (सेप्टेम्वर)को दिनलाई आधार दिवस मानेर कार्यान्वयनमा बाँकी रहेका कुराहरुलाई कार्यान्वयन गर्ने भन्ने सहमति गरिएको ओलीले बताए । 
दुई देशका कृषि मन्त्रीका तहमा तत्कालै बैठक बसेर के–के बिषयमा कुन–कुन ठाउँमा सहयोग र सहकार्य अगाडि बढाउने हो, पहिले त ती ठाउँ तय गर्ने सहमति भएको उनले उल्लेख गरे । 
रेल्वे लाइनका लागि कार्यदल, भारतमै खर्च
प्रधामनन्त्री ओलीले काठमाडौं– रक्सौल रेल्वे निर्माणका लागि प्राविधिकको कार्यदल बनाएर सर्वेक्षण गने र छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्नेबारे दुई प्रधामनन्त्रीबीच सहमति भएको बताए । 
भारतले कार्यदलको रुपमा एउटा डिभिजनलाई जिम्मा दिइसकेको र नेपालको तर्फबाट कार्यदल तोकरे पठाउनु पर्ने उनले बताए । ‘संयुक्त कार्यदलले छिट्टै सर्वेक्षण गर्छन । भारतकै खर्चमा सर्वे र निर्माण पनि भारतमै लगानीमा हुने हो’ ओलीले भने । 
चारवटा हवाइ रुट
प्रधानमन्त्री ओलीले नेपाललाई चारवटा एयर (हवाइ) रुट दिन भारत तयार भएको बताए । ‘अहिले एउटा मात्र एयर इन्ट्री रुट छ सिमरा हुँदै । हामीलाई चारवटा रुट चाहिएको छ । दुबै प्रमका तहमा थप ४ वटा रुट दिन प्राविध टोलीले अध्ययन गर्ने सहमति गर्यौं । यसका लागि सेप्टेम्बर भन्ने शव्द राखेका छौ,’ ओलीले भने । 
डुवान समस्या समाधान गर्न भारत राजी
‘सीमानमा बाँध बाधिने, व्यारेज पुल बनाउने, बाटो बनाउने नाममा बाटो बनाउदा नेपालको जमिन डुवानमा पर्ने, छिमेक नसुहाउदो अन्नयापूर्ण अनुचित काम भएको छ । विगतमा यस्तो कुरा भए । अघिल्ला भ्रमणमा पनि कुरा उठाएको थिए, यसपटक पनि गम्भीर कुरा उठाए,’ ओलीले भने । 
‘असल छिमेकीपनका लागि यो स्थिती उपयुक्त छैन, भारतको जमिनको बचाउनका लागि हाम्रो जमिन र बस्ती डुवानमा पार्नु हुँदैन, यसमा समाधान गर्न भारत तत्पर भएको छ,’ ओलीले भने, ‘आउने बर्षातभन्दा अगाडि कार्यदल बनाएर र उपयुक्त निकाश निकाल्ने सहमति भएको छ ।’ 
उर्जा व्यापारमा पनि उपलव्धी
प्रधानमन्त्री ओलीले उर्जा व्यापारको सम्बन्धमा सन् २०१४ मा भएको उर्जा व्यापार सम्झौता (पिटिए) को व्यबस्था अनुसार नै उर्जा खरिद विक्री गर्ने सहमति भएको बताए ।  
‘५१ प्रतिसतको प्रावधान राखेर केही नीति निर्माण गरेको कुरा आयो । नेपालमा लगानी हतोत्साहित गर्ने कुरा र बाझिने कुरा भारतले गर्नु उचित भएन । यसलाई हटाउनु पर्छ । द्विपक्षीय उर्जा व्यापारलाई अगाडि बढाउन काम गर्नु पर्छ । हमीले यसलाई अब ५१ भारतीय आदी कुराबाट नेपालमा लगानीलाई हतोत्साहित गनेए वा पिटीए विपरितका कुरामा भरात सहमत भएको छ,’ ओलीले भने ।
यसअघि भारतले ५१ प्रतिशत भारतीय लगानी नभएको उर्जा खरिद नगर्ने नीति लिएको कुरा बाहिर आएको थियो । 
हामीले पिक आवर र उर्जा आबस्यक हुने समयमा फरक पर्छ, उहाँहरुलाई गर्मीमा बढी चाहिन्छ, हामीलाई जाडोमा । उर्जा व्याकको कुरा गरेर उर्जाको आपूर्तिलाई व्यवस्थित गर्नुपर्नेमा साधारण तया सकारात्मक छ । 
अरुण तेस्रो ५ बर्षमा 
प्रधामनन्त्री ओलीले अरुण तेस्रो आयोजनाको काम ५ बर्षमा पूरा गरिने बताए । ‘अरुण तेस्रोको शिलन्यास गर्यौ, ४ बर्ष लाइनका लागि, ५ बर्गा आयोजना तयार गर्न लाग्छ । ५ बर्ष भित्र । दुबै चिज एकै पटक तयार गर्ने । ९ सय मेगावाट उत्पादन हुन सकोस्,’ ओलीले भने । 
‘पञ्चेश्वरको बारेमा भनेका छौ, यसमा टनकपुर १३ मिटरको लिंक रोड बनाउने कुरामा उहाँहरुले सहमति गर्नु भएको छ । महाकाली नदीमा तीनवटा पुल निर्माण गर्ने कुरामा उहाँहरु यसमा सकारातमक छ, प्रदेश सरकारसंग पनि कुरा गरेर डिटेलमा कुरा गरेर टुंगाउनु पर्नेछ,’ ओलीले भने । 
भारतीय नोटमा जवाफ आएन
प्रधामनन्त्री ओलीले नेपालको बैंकिग प्रणालीमा रहेका भारतीय नोट साट्नेबारे कुरा भएको बताए । ‘भारतीय नोटको सन्दर्भमा खास जवाफ दिएको छैन । यस सम्बन्धमा गम्भीरतापूर्वक सोचिरहनु भएको छ भन्ने लाग्छ ।’ उनले भने । 
‘राष्ट्रिय हितको कुरालाई कमजोर हुन दिएका छैनौं’
प्रधानमन्त्री ओलीले भारतीय प्रधनमन्त्रीको भ्रमणका क्रममा कुनै पनि कुरा, एउटा पनि शव्द, एउटा पनि काम, एउटा पनि व्यवहार, राष्ट्रको सार्वभौम सता, स्वाधिन हैसियत, आफ्ना मामालामा आफैं निर्णय, भौगोलिक अखण्डता र राष्ट्रिय हितको कुरालाई कमजोर हुन दिएका छैनौ,’ ओलीले भने,  ‘हाम्रा सबै भनाइ तथा गराइ पारदर्शी छन् ।’
ओलीले देशभक्ति यतिसारो सजगता नअपनाए पनि हुन्थ्यो होला भनी टिप्पणी गरे । ओलीेले राष्ट्रिय हितका प्रश्नहरुमा जे भएपनि विरोध गर्ने र समर्थन गर्ने खालको तरिका अवलम्बन गर्नु वाञ्छनीय नहुने बताए । ‘कही गलत कुरा विरोध हुँदैन, विकल्कुल ठिक कुरा को पनि विबाद हुन्छ,’ ओलीले भने ।  
संसदमा सम्झिए नाकाबन्दी 
ओलीले आफू पहिलो पटक प्रधानमन्त्री रहेको समयमा भारतले गरेको नाकाबन्दीको प्रसंग संसदमा कोट्टाए । ‘तीन बर्ष अगाडि तनाव ्रस्त अबस्थामा थियो । त्यस स्थितीबाट यो स्थितीमा आइपुगेका छौं,’ उनले भने । 
ओलीले छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने तर एकातिर कोल्टिने नीति नलिने बताए । ‘हामी केही समय अगाडि कुटनीतिक मिसनलाई भनेका थियौ । दुश्मनी कसैसंग चाहादैनौ, मित्रता सबैसंग चाहान्छौ । पारस्परिक साथ सहयोग चाहान्छौ ।’
ओलीले भारतीय जनता पार्टीका नेताले नेपालको अखण्डातालाई लिएर दिएको अभिव्यक्तीको बिरोध गरे । ‘यसबैबचमा कतिपय व्यक्तिले हाम्रो अखण्डातामा बोल्ने अत्यन्तै अनुचित धृष्टता गरे । त्यसको जवाफ भारतीय प्रधानमन्त्रीले नेपालको अखण्डतालाई सम्मान गर्ने कुरा गरिसक्नुभएको छ,’ उनले भने, ‘भारतको औपचारिक र आधिकारिक कुरा के हुन भन्ने प्रष्ट भएको छ ।’
तलमाथि परेको भए म जिम्मा लिन्छु
प्रधानमन्त्री ओलीले मोदीसंग भएको सहमतिको कुनै शव्दमा पनि तलमाथि परेको भए आफूले जिम्मा लिने बताए । उनले राष्ट्रहितलाई शिरोधार्य गरिएको बताए ।
‘प्रमको हैसियतले देशको शिर निहुरीने देशलाई कमजोर हुन दिने, हेपिन दिने वातावरण बनाएको छैन् । यस देशको हावामा स्वास फेरेको र यस देशको अंन्न पानीबाट हुर्केकाले ती कुरा हुन दिँदैन,’ ओलीले भने ।

लोकान्तर बाट साभार …. 

बैशाख ३०, २०७५ मा प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *