सुनेको छु आज भोलि दुखी भइछौ अरे

सुनेको छु आज भोलि दुखी भइछौ अरे
फुकिलो ज्यान सुकाएर दुब्लि भइछौ अरे
किन पिर लिन्छौ तिमिले केको दुख मान्छौ
सुनेको छु कता कता एक्लो भइछौ अरे
मनमा जति पिर भएनी जस्तै दुख आइपरेनी
सङघर्ष मा लडनु पर्छ सानू
उमङ्ग मा सारेको फुल राम्रो गरि न मौलाउदा
सुनेको छु झनै झनै दुखी भइछौ अरे
ढुङ्गा को भर माटो भन्छ्न माटोको भर ढुङ्गा
एक पल्ट हामी भनी सम्झ न है सानू
सुखी हुम्ला खुसी हुम्ला पक्कै हामी पनि
सुनेको छु अझै बढी रुदै गइछौ अरे
एस्ति उस्ति भनी कन मेरै कुरा गर्छ्न भनी
मनमा अनेक कुरा खेलाउदै गइछौ अरे
कुरा कात्ने त धेरै हुन्छ्न सुने नसुने गर न है
सुनेको छु
कतै हेला हुन्छुकी भनी निरास निरास भैइछौ अरे

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

7 thoughts on “सुनेको छु आज भोलि दुखी भइछौ अरे”

Leave a Comment