बिहानी चार बजे घडीको आलारम संगै लामो हाइ निकाल्दै झोक्रिएर बस्छु | सारै सरिर थाकेको हुन्छ ,लामो समय भयो घर छोडेर हिनेको पनि ..खै किन हो किन यहाँ बस्ने मन नै छैन … तर नबसेर पनि नहुदो रहेछ | अनि लामो सास फेर्दै
झिसमिसेमै सिरानी मुनि बाट पियारिको चिठी हातमा लिन्छु ,,,
कहिले आउने हो हजुर? ….”यसपाली त जसरि पनि आउनु न हजुर …. दिदि ले पनि यो तिहारमा त भाई आउछ भनेर आस गर्नु भएको छ …बाबा आमा पनि तपाई फर्कने आशमा दिनरात बाटो हेरिरहनु हुन्छ ….. मेरो त के भन्नु छ र दिनरात तपाइँकै पर्खाइमा आसु झरिरहेकी छु ….रोइ रहेकी छु तर यो अभागी को पिडा कसले बुझ्ने र ….तपाइले त बुझ्नु होलानी भन्ने सोचेकी थिएँ तर……… हुनत तपाइको समस्या र बाध्यता नबुझेकी कहाँ हु र तर पनि आस लागिहाल्छ कतै आउनु हुन्छ कि भनेर..आखा हरु बिछाईरहन्छु त्यो नरेको डिलमा बसेर ..हेरिरहन्छु त्यो बाटोमा आउनुहुन्छ भनेर कुनै मोटर आएर रोकिदा पनि ढोकैमा हेरिरहन्छु तपाई झर्नुहुन्छ कि भनेर..तर तपाई कहिले झर्नु भएन मेरा आसु मात्र झरे मेरो मन झर्यो तर तपाई झर्नु भएन …..तपाई आफ्नो ख्याल गर्नुहोला ..मेरा यी कुराले तपाईका आसु झरे होलान…मलाई माफ गर्नु होला तपाइको आसु खसाल्नु, तपाइको मन रुवाउनु मेरो मन होइन तर लेख्दै जादा के के लेखेछु …..हामी यहा सबै ठिकै छौ……मेरो केहि चिन्ता नलिनु, औसधि खाइरहेकी छु…बेला बेलामा डाक्टर लाई देखाइरहेकी छु…..डाक्टरले पनि राम्रो हुदै गएको छ भन्नु भएको छ …खै हजुरको भाग्य त्यस्तो हो कि मेरो भाग्य …सारै दुख पाउनु भो …मेरै कारणले हो नि हजुरले दुख पाएको पनि ..कहिले कहिँ त लाग्छ यो संसारनै छाडीदिउ जस्तो..म रोगि नै रहिन भनेत तपाइले सुख पाउनु होलानी ..एक दुइ दिन रुनु होला..एक दुइ साल रुनु होला अनि त भुल्नु हुन्छनि तर म जिउदै भएभने हजुरले जीवन भरि रुनु पर्ने भो…..न मैले हजुर लाई बाबा बनाउन सक्छु न म हजुरलाई दुख सुखमा साथ दिन सक्छु….जसलाई जीवन भरि माया दिउला ….खुसि दिउला, घरबार बनाउला भनेर आएकी थिए त्यो सब सपना चकनाचुर भयो…खै यो कस्तो जिन्दगि दिनु भो भगवान ले मलाई…..
..साएद कुनै पाप गरेकी थिएँ होला पूर्वजन्ममा त्यसैको सजाय भोगी रहेकी छु…..मरिहालु भने पनि कसरि मरु मेरो जिन्दगी नै परदेशमा हुनुहुन्छ, मेरो सास, मेरो धड्कन, मेरो सबथोक हजुरनै त हो |
..हजुर नफर्के सम्म त मलाई भगवान ले पनि लान सक्दैनन् होला …हजुरकै काखमा जीवन त्याग्ने मेरो चाहना छ,,…….
भनि अझै धेरै लेखेकीथिइन् ……………… “
तर यो भन्दा अगाडी खै के लेखेकी छौ प्रिय मैले पढ्न सकिन…आखा बाट झरेका आसुहरुले चिठी नै भिज्यो…मैले पढ्न सकिन र पढ्न चाहन्न पनि …” प्रिय म छिटै आउछु प्रिय, तर त्यो छिटै एक दिन त् अबस्य आऊलानी हैन र ……………यसरी हरेश खायौ भने त म त्यसै सकिन्छु ….तिमि नै त हौ मेरो जिन्दगि हौ |
तिमि छौ त्यसैले म छु तिमि बिना त म यो संसारमा के गरौला र….मैले गर्ने माया मा कुन कमि देख्यौर प्यारी तिमीले यति धेरै पिर गरेकी….मैले तिम्रो साथ पाएको छु र त यो संसार संग जुध्ने , संघर्ष गर्ने सक्ति पाएको छु ..तिमीले मलाई सबै थोक दिएकी छौ ..मैले तिमीबाट जिन्दगि पाएको छु..यो सास यो साहास तिम्रै हो प्रिय, तिमि बिनाको यो अन्धकार संसारमा मेरो कुनै अस्तित्व छैन… जुन बिनाको पुर्णिमा कहिले देखेकी छौ र प्रिय ?… बादल बिनाको बर्सात, घाम बिनाको दिन, जसरि पानि बिनाको माछा को हालत कस्तो हुन्छ त्यस्तै छु तिमीबिना ….तिम्रो साथ नै मेरो सबथोक हो.. तिमि पूर्ण छौ, तिमीमा केहि खोट छैन,…. खोट त त्यो भगवानमा छ जसले तिमीलाई यति धेरै चोट दिएको छ, खोट त्यो भगवानमा छ जसले तिमीलाई मबाट खोस्ने दुस्साहस गरेको छ…. तर हाम्रो मायामा कुनै खोट छैन..एकदिन तिमीलाई ठिक हुन्छ प्रिय …तिमि अबस्य पनि ठिक हुनेछौ …तिम्रो हरेक चाहना हरु पुरा हुनेछन..पर्खाइको फल मिठो हुन्छ…एकदिन फेरी तिमि र म संगै हुने छौ यो संसारका हरेक खुसि हरु हाम्रा हुनेछन् तिमि पर्ख मात्र प्रिय एकदिन हाम्रो जोडीमा हाम्रो मायामा सबैले गर्ब गर्ने छन् ……….तर मनलाई दुखि बनायर आफै लाई सक्नेकाम नगर………….आफु छ त यो संसार छ आफुनै नरहे के छ र प्रिय …….. ”
आखामा आसु होइन प्रिय ओठमा मधुर मुस्कान लिएर बस
बिछोडको चोटमा हैन प्रिय, मिलन को प्रतिक्षमा मन दिएर बस ,, जीवन यो हासो खुसि र आसुको समिश्रण हो
एकदिन फेरी खुसि फर्केरआउनेछ , मात्र तिमि मनलाई सम्हालेर बस…
भन्दै मनमा अनेक कुरा सोच्दै फेरी लामो सास फेर्छु र आखाको दिल मा रोकिएका आसुलाई पुन हातको हत्केलाले किनारा लगाउदै भन्छु प्रिय अब त् छिट्टै आउछु
Author / khum.abiral
editing – Dil Abiral