दसैंको अघि र पछि कञ्चनपुरदेखि झापाको यात्रा गरियो र सयौं सर्वसाधारणलाई भेटियो। ती सयौंले सम्भवतः लाखौं नेपालीको आवाज प्रतिध्वनित गर्थे। सबैको निष्कर्ष एउटै थियो, ‘जुन जोगी आए पनि कानै चिरेको भनेझैं भयो। व्यवस्था बदलियो, अवस्था बदलिएन। नेता बदलिए, जनता बदलिएनन्। नेतै ठीक भएनन्।’ यात्राको सुरुमै निस्केको त्यो निष्कर्षमा यात्रा अन्त्य हुँदा पनि कुनै परिवर्तन आएन, जसले मेरो मथिंगल मथिरह्यो। देशको विकास या अविकासको विषयलाई जुनसुकै दृष्टिबाट विश्लेषण गरे पनि अपवाद छोड्ने हो भने त्यो अन्ततः आएर नेतामै ठोकिन्छ। राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, आन्तरिक द्वन्द्व, अर्थतन्त्रको सुस्तता सबैको अन्तर्यमा सामान्यतया नेतृत्वको कमजोरी नै निहित हुन्छ।
राजनीतिक व्यवस्था र राज्यको संरचना आफैंमा विकासको साधक या बाधक नहुने रहेछ। मैले धेरै चिनियाँ, सिंगापुरियन र अरबी भेटेको छु जसलाई आफ्नो देशको कडा या नरम तानाशाही व्यवस्थासँग कुनै सरोकार नै छैन। उनीहरूको जीवनस्तर उच्च र सुरक्षित छ। उनीहरू संसार घुमिरहेका अनि हर दृष्टिबाट समृद्ध जीवन बिताइरहेका हुन्छन्। एकजना सिंगापुरियनले त मलाई एकपटक लन्डनमा भनेका छन्, ‘विकल्प हुँदाहुँदै जनता नै बारम्बार ‘नरम तानाशाह’लाई भोट गर्न चाहन्छन् भने, त्यो लोकतन्त्र होइन भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ ? ’ यो उदाहरण दिएर मैले यहाँ तानाशाही व्यवस्थाको बचाउ गर्न खोजेको होइन। तर आफूलाई लोकतान्त्रिक भन्नेहरूले लोकतन्त्र नमान्नेलाई दानवीकरण गर्न खोज्नु ठीक होइन।
नेपालको हकमा लोकतन्त्र बिनाको राज्यव्यवस्था परिकल्पना गर्न पनि गाह्रो छ। दशकौंको अभ्यासको परिणाम हुनुपर्छ, अनेकौं कमीकमजोरी हुँदाहुँदै पनि लोकतन्त्रलाई नेपालमा गहिरोसँग आत्मसात् गरिसकिएको छ। तर नेपालको विडम्बना के भने लोकतन्त्रबिनाको ३० वर्ष र लोकतन्त्रपछिको ३० वर्षमा दुवै खण्डमा देशले विकास गर्न सकेन। सन् १९६० यताका झन्डै ६० वर्ष संसारमा लोकतन्त्र नभएका र भएका दुवै प्रकृतिका दर्जनौं देशले काँचुली फेरेको अवधि हो।
तर हाम्रो नेतृत्वले विकास किन भएन भन्नका लागि केही न केही बहाना (एक्स्क्युज) पाइरह्यो। र, आज पनि कसैले कर्मचारीतन्त्रलाई, कसैले विपक्षीलाई, कसैले विदेशीलाई त कसैले संविधानलाई दोष दिने गर्छन्। तर वास्तविकता के हो भने, देशको सफलता र विफलताको दोष मूल रूपमा नेतृत्व कौशललाई नै जान्छ। त्यसो हो भने सफल नेतामा हुनुपर्ने आधारभूत गुणहरूचाहिँ के हुन् ? एउटा लेखमा मैले लेखेको थिएँ— सफल नेतृत्व दुर्लभ गुणहरूको विशिष्ट सम्मि श्रण हो। त्यस्तो सम्मि श्रण के होला भन्नेबारे मेरो अध्ययन, मनन, छोटो राजनीतिक अभ्यास र बारम्बार सुनेको आमसर्वसाधारणका आवाजका निष्कर्ष मूल रूपमा पाँचवटा बुँदामा आएर केन्द्रित भएको महसुस गरेको छु।
(क) इमानदारी (इन्टेग्रिटी)
विकासका दृष्टिबाट खेर गएको ६० वर्षको असफलताको सबैभन्दा ठूलो कारण नेतृत्वमा इमानदारीको अभाव हो। यसो भन्दा अधिकारका लागि ज्यानै दिने नेतामा के इमानदारी नै थिएन भन्ने प्रश्न उठ्न सक्छ। तर वास्तविकता के हो भने सद्गुण नभएका मानिसले पनि परिस्थितिजन्य प्रेरणाका कारण इतिहासका निश्चित कालखण्डमा सत्कार्य गर्दा रहेछन्। उदाहरणका लागि २०७२ सालको भूकम्पपछिको उद्धारमा सहभागी हुने सबै नेपाली मानवताको भावले ओतप्रोत भएका असल व्यक्ति मात्र थिए भन्न सकिँदैन। तिनमा भ्रष्ट पनि थिए र कयौं त श्रमिकलाई अमानवीय व्यवहार गर्नेहरू पनि हुन सक्छन् किनभने अहिले पनि हाम्रो समाजमा आफूभन्दा कमजोरलाई हेप्ने सामन्ती र शोषक चरित्र व्याप्त छ।
माओवादी सशस्त्र संघर्षमा लागेका सबै नेता र लडाकुले सर्वहाराको मुक्तिकै लागि ज्यान फाल्न खोजेका थिए भन्नु भ्रम हुनेछ। त्यो सत्य भइदिएको भए मौका पाउनेबित्तिकै उनीहरूको पहिलो प्राथमिकता आफ्नो उत्थान गर्दै आफूलाई ‘बुर्जुवा’ र अभिजात वर्गमाा रूपान्तरण गर्नु हुने थिएन। त्यसैगरी पञ्चायतविरुद्ध लड्ने हालका कैयौं नेताको संघर्ष मानवताभन्दा पनि राजनीतिको रोमाञ्चकताबाट प्रेरित भएको प्रस्टै महसुस हुन्छ। राजनीतिको लत लागेका तर लेस पनि मानवता नभएका व्यक्ति असल राजनीतिज्ञ हुन सक्दैनन्। हालै नागरिक अगुवा कृष्ण पहाडीले आफ्नो एक लेखमा लेखेका थिए, ‘सत्ताको खेलमा कतै मानवता प्रताडित नहोस्।’ मानवताविहीन राजनीति पद, प्रतिष्ठा, स्वार्थकेन्द्रित र भ्रष्ट हुन्छ। इमानदार त्यो हो जो मौका पाउँदा पनि भ्रष्ट हुँदैन।
हाम्रो नेतृत्वमा यसरी इमानको खडेरी परेकैले नेताहरूमा राष्ट्रिय चिन्तन कहिल्यै विकास नै हुन सकेन। व्यक्तिगत र पार्टीगत स्वार्थका लागि विभागका निर्देशक, मन्त्रालयका सचिव, अख्तियारका आयुक्तको नियुक्तिमा मात्र होइन संघीयताजस्तो देशको दूरगामी भविष्यमा असर पार्ने विषयमा समेत ‘मेरो निर्वाचन क्षेत्र काटिन्छ कि काटिँदैन’ भन्ने चिन्ता व्याप्त रह्यो। चप्पल लगाएर उपत्यका पसेका नेताहरू जिन्दगीमा राजनीतिबाहेक कुनै कर्म नै नगरी पजेरो चढ्ने भए तर तिनका मतदाताचाहिँ भोको पेटको पीडा खप्न बाध्य भइरहे।
लोकतन्त्रमा देश विकासको पहिलो आधार नेतृत्वको इमानदारी हो। गैरलोकतान्त्रिक देशमा पहिलो आधार इमानदारी नहुन सक्छ, किनभने तानाशाहहरू दुई प्रकारका हुन्छन्। पहिलो— भ्रष्ट हुँदाहुँदै देश बनाउने, जस्तो खाडी क्षेत्रका कैयौं राजपरिवार। दोस्रो— भ्रष्ट पनि हुने र देश पनि ध्वस्त पार्ने, जस्तै जिम्बाब्वेका राष्ट्रपति मुगाबे र अन्य कतिपय अफ्रिकी नेता।
(ख) क्षमता (कम्पिटेन्सी)
इमानदारी भए पनि क्षमता भएन भने त्यो व्यक्तिले आमूल रूपान्तरणको नेतृत्व गर्न असम्भव हुन्छ। असल मात्र हुनु नेतृत्वका लागि पर्याप्त गुण होइन। त्यसको ज्वलन्त उदाहरण राजा वीरेन्द्र हन्, जसले २०२८ देखि २०४६ सालसम्म १८ वर्ष एकछत्र शासन गरे। उनलाई नेपालमा असल र इमानदार राजाका रूपमा हेर्ने गरिन्छ। तर जातीय, क्षेत्रीय विद्वेष नफैलिएको, शान्ति नबिथोलिएको, देशको अन्तर्राष्ट्रिय सम्मान उच्च रहेको, विकासनिर्माणका लागि जग्गा अधिग्रहण गर्न जटिलता नभएको र अहिलेको जस्तो हरेक राजनीतिक निर्णयमा प्रतिरोधको स्थिति नरहेको झन्डै दुई दशक लामो उक्त अवधिमा नेपालजस्तो स्रोतसाधनसम्पन्न देशले इथियोपिया, दक्षिण कोरिया, सिंगापुर या मलेसियाजस्तो विकासको बाटोमा छलाङ मार्न सक्थ्यो। राजा असल रहे र नेपाल तुलनात्मक रूपमा शान्त रह्यो, तैपनि असलपनासँग क्षमता नगाँसिँदा रूपान्तरण असम्भव भयो।
उसो भए क्षमता भनेको हो के त ? क्षमता विभिन्न गुण दर्शाउने समुच्च शब्द हो। नेताको पहिलो क्षमता नेतृत्वका लागि तुलनात्मक रूपमा क्षमतावान् व्यक्ति पहिचान गर्न सक्ने गुण हो। एउटा सानो कम्पनी चलाउन नेतृत्वमा क्षमतावान् व्यक्ति आवश्यक पर्छ अन्यथा त्यो कम्पनी या त विस्तार हुँदैन या बन्द हुन्छ। सिंगो देश वा एउटा मन्त्रायल हाँक्न वा राष्ट्रिय रूपान्तरणको कुनै पनि जिम्मेवारी लिन क्षमतावान् व्यक्ति नभई हुँदैन। ‘विकासका लागि सही व्यक्ति सही ठाउँमा हुन जरुरी छ’ त्यसै भनिएको होइन।
नेपालमा जस्तो क्षमताको ख्याल नै नगरी असल देखिन, व्यक्ति खुसी पार्न, नातेदारलाई प्रवद्र्धन गर्न, भागबन्डा र समीकरण मिलाउन अनि घूस खान नियुक्ति दिएर कुनै देशले समृद्धि हासिल गरेको उदाहरण छैन। राजा महेन्द्रले डा. हर्कबहादुर गुरुङ, खड्गविक्रम शाह, डा. भेषबहादुर थापाको क्षमता सदुपयोग गर्दा होस् वा ली क्वान युले क्षमतावान्हरूबाट सिंगापुर निर्माण सुरु गर्दा होस् या तानाशाह नै भए पनि अर्थतन्त्रमा आमूल सुधार ल्याउन चिलीका पिनोसेले ‘सिकागो बोइज्’ सिर्जना गर्दादेखि भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री रघुराम राजनलाई रिजर्भ ब्यांक अफ इन्डियाको गभर्नर नियुक्त गर्दा किन नहोस् क्षमतावान् व्यक्तिको संलग्नताबिना देशको विकास सम्भव भएको छैन।
क्षमतावान् नेताको अर्को विशेषता सम्भाव्य नेतृत्वमा क्षमता अभिवृद्धि गर्न र भविष्यमा पनि राजनीतिलाई तुलनात्मक रूपमा सुसंस्कृत राख्न क्रमशः संस्थाहरू निर्माण गर्न सघाउनु पनि हो। क्षमताले अन्य दर्जनौं गुण पनि समेट्छ र परिस्थितिअनुसार त्यसमा दर्जनौं गुण झिक्दै या थप्दै जान सकिन्छ। नेतृत्व गर्न सक्छु भन्ने (घमण्ड र हठ बिनाको) आत्मविश्वासदेखि समूहमा काम गर्ने सीप, पूर्वाग्रहविहीनता, अध्ययन र लेखनको बानी, धैर्य, दृढता, लगनशीलता, निर्णय लिने क्षमता, साहस, समानुभूतिको भाव, सकारात्मक सोच, क्षमाशील स्वभाव, आत्मसमीक्षा गर्ने आँट, सधैं सिकिरहने चाहना आदि सबै क्षमतावान् नेतृत्वका गुण हुन्। सबै कुरामा निपुण कोही पनि हुँदैन तर सफल नेतृत्वका लागि क्षमताका यी अधिकांश अंश आवश्यक पर्छ। अन्यथा स्पष्ट देखिने एउटा कमजोर पक्षले अन्य सबै बलिया पक्षलाई ओझलमा पारिदिन सक्छ। सामान्य सुझबुझ, विचार र दूरदृष्टि पनि क्षमताकै अंश हुन् तर पनि सफल नेतृत्वका गुण केलाउने सिलसिलामा ती दुई विशेषताको यति धेरै महत्व देखेँ कि तिनलाई छुट्टै खण्डका रूपमा उल्लेख गर्नु उपयुक्त सम्झिएँ।
(ग) सामान्य सुझबुझ (कमन सेन्स)
मैले जीवनमा धेरै मानिस भेटेको छु जो आफ्नो पेसामा क्षमतावान् भएर पनि निश्चित क्षमताबाहेक नेतृत्वमा हुनुपर्ने बृहत्तर गुण नभइदिँदा कहिल्यै सफल नेता हुन सकेनन् या हुने दिशामा अगाडि बढ्नै सकेनन्। त्यस्ता व्यक्ति सहयोगी बन्न सक्छन् तर आफैं सफल नेता बन्न सक्दैनन्। उदाहरणका लागि नेपालका एकजना चर्चित भूतपूर्व प्रधानमन्त्री छन्। उनीसँग कतिपय वैचारिक विमति भए पनि उनलाई अर्थ–राजनीतिक दृष्टिबाट अक्षम भन्न मिल्दैन। तर नेताको रूपमा उनको सामान्य सुझबुझ कति कमजोर छ भने उनी कहिले मध्यरातमा उठेर अर्को नेतालाई तथानाम लेख्छन् त कहिले प्रधानमन्त्री भइसकेको व्यक्तिले प्रयोग गर्नै नमिल्ने स्तरको भाषा प्रयोग गर्छन्। कहिले बोल्नै नपर्ने कुरा बोल्छन् त कहिले बोल्नै नपर्ने समयमा बोल्छन्। गर्नै नहुने काम त उनी कति गर्छन् कति। उनमा क्षमता नभएको होइन, सामान्य सुझबुझ नभएको हो।
कहिलेकाहीँ हामी शिक्षाले दिने ज्ञानलाई क्षमता सम्झिन्छौं। तर सामान्य सुझबुझबिनाको क्षमता नेतृत्वमा कामै लाग्दैन। सामान्य सुझबुझयुक्त नेतृत्वको कति धेरै महत्व हुँदो रहेछ भने उसमा के गर्ने र के नगर्ने भन्नेबारे गजबको चेत र मिहिन मूल्यांकन क्षमता हुने रहेछ। त्यही सामान्य सुझबुझ नै कैयौंका लागि विशिष्ट क्षमता बनिदिन्छ। उदाहरणका लागि जंगबहादुर राणाको क्षमता शिक्षामा होइन, सामान्य सुझबुझमा निहित थियो। उनका जीवनका धेरै पाटा छन् तर उनले एकपटक बेलायत र फ्रान्सको यात्रा गर्दा त्यहाँ देखेका यति धेरै कुरा नेपालमा आएर लागू गरे त्यसले नेपालको कला, संस्कृति, समाजिक जीवन र कानुनमा कयौं परिवर्तन ल्यायो।
त्यो शिक्षा होइन, सामान्य सुझबुझको परिणाम थियो। आजका हाम्रा नेताहरू शिक्षित छन्, दर्जनौंपटक विदेश जान्छन् तर केही पनि सिक्दैनन्। अधिकांश स्थितिमा नेतृत्व भनेको बृहत्तर हितको आदर्श नगुमाई गरिने सम्झौता, सन्तुलन र निर्णय पनि हो। त्यसका लागि नेतृत्व क्षमताका विविध पाटोलाई कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विवेकको आवश्यकता पर्छ। त्यो विवेकचाहिँ व्यक्तिको सुझबुझ हो।
(घ) विचार (आइडिओलजी)
विचार नभईकन नेतृत्व हुन सक्दैन। नेतृत्वका लागि वैचारिक स्पष्टता अत्यावश्यक हुन्छ। यद्यपि, विचार वस्तुगत परिस्थितिबाट निर्माण भएको हुन्छ र जब वस्तुगत धरातल परिवर्तन हुन्छ, विचारमा परिमार्जन आउन सक्छ। जडसूत्रवादी सोच भएकाले मात्र विचारलाई अपरिवर्तनीय ठान्छन्। जसले विचारलाई अपरिवर्तनीय ठान्छन् ती आँखामा पट्टी लगाएका घोडा समान हुन्। तिनको एकोहोरो सोचले सुसंस्कृत समाजको निर्माणलाई हानि पुर्याइरहेको हुन्छ। यद्यपि लोकतान्त्रिक समाजले हिंसात्मक नभएसम्म त्यस्ता विचारलाई पनि सम्मान गर्ने गर्छ। यसको अर्थ प्रकृतिले रङ फेरेजस्तै विचार पनि हरदम परिवर्तन भइरहनुपर्छ भन्ने होइन।
अथवा, हावा चल्दा पातहरू एकै दिशामा बहकिएजस्तै नेतृत्व पनि जता हावा चल्यो त्यतैतिर लस्किनुपर्छ भन्ने होइन। २०६२÷६३ को परिवर्तनपछि अन्य दल र आन्दोलनको हुरीसँगै नेपाली काँग्रेसले जसरी आफ्नो धार परिवर्तन गर्यो, त्यसले नेपाली कांग्रेसको मूलभूत विशेषतालाई नै समाप्त पारिदिएको छ। अहिले कांग्रेसलाई आफ्नो परिचय निर्माण गर्न हम्मेहम्मे परिरहेको छ। तसर्थ वैचारिक स्पष्टताले कहिले लचकता, कहिले कठोरता, कहिले सन्तुलन, कहिले दृढता र कहिले आमूल परिवर्तन खोज्छ। त्यसलाई नेतृत्वका अन्य गुणहरू इमानदारी, क्षमता, सुझबुझ र दूरदृष्टिले निर्देशित गर्नुपर्छ। नत्र वैचारिक स्पष्टतामात्र नेतृत्वका लागि पर्याप्त हुँदैन। नेपाल बिग्रिएको विचार नभएर होइन नेतृत्वका अन्य आधारभूत आचरण नभएर हो।
(ङ) दूरदृष्टि (भिजन)
विचार र कार्ययोजनाको सम्मि श्रण दूरदृष्टि हो। सफल नेतामा त्यो नभई नहुने गुण हो। दुःखको कुरा, हामीले न वैचारिक मार्ग राम्रोसँग तय गर्न सक्यौं जसका कारण हामी दशकौंसम्म संविधानका धारामा अल्झिरह्यौं, न त नीतिगत मार्ग नै समाउन सक्यौं जसका कारण सम्हाल्नै गाह्रो हुने गरेर देशलाई लथालिंग पारिरह्यौं। १०÷२०÷३०÷४०÷५० वर्षपछि यो देशको जनसंख्या, शिक्षा, स्वास्थ्य, जनशक्ति, बाटोघाटो, गाउँ, सहर, पार्क, खेल मैदान, खुला क्षेत्र, बनजंगल, ढल निकास, पिउने पानीको आपूर्ति, ट्राफिक व्यवस्थापन, विद्युत् सेवा, विमानस्थल, कृषि तथा औद्योगिक क्षेत्रजस्ता दर्जनौं विषयबारे मार्गचित्र आज निर्माण हुनुपर्छ।
लन्डन बस्दाको एउटा घटना म कहिल्यै बिर्सन्न। एक दिन बेलायतको एउटा प्रमुख पत्रिकामा एउटा फोटो देखेँ जसमा एकजना व्यक्ति लन्डन सहरमा जमिनमुनि बिछ्याइएको एउटा ढलभित्र हिँडेर त्यसलाई मर्मत गरिरहेको थियो। त्यो ढल डेढ सय वर्ष पुरानो रहेछ। डेढ सय वर्षपहिले बनाइएको ढलले आज पनि मर्मतपश्चात् काम गरिरहेको थियो भने आजको जनसंख्याको चापलाई धान्नसक्ने ढल डेढ सय वर्षअघि नै परिकल्पना गरिएको थियो।
त्यसैगरी लन्डनका धेरै ट्रेन स्टेसन सय–डेढ सय वर्ष पुराना छन्। तीमध्ये धेरैले आजको जनसंख्याको चापलाई थेगिरहेका छन्। हामी भने हरेक दृष्टिबाट काठमाडौंको यस्तो अस्तव्यस्त हाल देख्दा पनि भविष्यका लागि त कुरै छोडिदिऊँ, आजैका लागि पनि योजना बनाइरहेका छैनौं। अहिलेको समयमा पनि हामी डेढ÷दुई फिट फराकिलोे ढल र बाह्र फिटको बाटो बनाउनमै मक्ख छौं। अढाई आना जग्गा कित्ताकाट गरेर घर ठड्याउनमै दंग छौं। संसार घुम्ने हाम्रा नेता र प्रशासकले सबै देखे; तर आँखाले देखे, चेतनाले देखेनन्। सिक्नका लागि चेतनाको दृष्टिले हेर्नुपर्छ, आँखाले देखेर पुग्दैन।
राजा महेन्द्रले आफ्ना छोरा वीरेन्द्रले जस्तो उत्कृष्ट शिक्षा हासिल गरेका थिएनन् र संसार पनि घुमेका थिएनन्। उनीसँग धेरैको विमति होला, त्यो भिन्दै पक्ष हो तर उनमा देश बनाउने इमानदारी, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि सबै थियो। उनलाई भवितव्यले चाँडै लिएर गयो। राजा वीरेन्द्रमा देशप्रतिको इमानदारी र विचार थियो तर विश्वका उत्कृष्ट विश्वविद्यालयहरू गएका, संसार घुमेका र देखेका भए पनि उनमा क्षमता, सामान्य सुझबुझ र एकदुई अपवादबाहेक समग्रमा दूरदृष्टि थिएन।
राजा ज्ञानेन्द्रमा इमानदारी, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि केही पनि देखिएन। २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालले प्रधानमन्त्रीका रूपमा पाएका नेताहरूमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमा नेतामा हुनुपर्ने केही गुण भए पनि बाँकी कुनै पनि प्रधानमन्त्रीमा न इमानदारी र क्षमता देखियो न त सामान्य सुझबुझ, वैचारिक स्पष्टता र दूरदृष्टि नै। त्यसको परिणाम हो आमसर्वसाधारणको निष्कर्ष— ‘जुन जोगी आए पनि कानै चिरेको। व्यवस्था बदलियो, अवस्था बदलिएन। नेता बदलिए, जनता बदलिएनन्। नेतै ठीक भएनन्।’
नेता ठीक नभएकै कारण देश बदलिएन भनेरै हो— राजनीतिबाट टाढा बसेका हामीजस्ता कैयौं पेसाकर्मी र आमसर्वसाधारण वैकल्पिक राजनीतिमा होमिएको। तर हामीले पनि आफूमा नेतृत्वका विशिष्ट गुण विकास गर्न सकेनौं भने पछिको पुस्ताले हामीलाई पनि भन्ने छ— ‘जुन जोगी आए पनि कानै चिरेको।’ त्यो हाम्रा लागि मात्र होइन, सिंगो देशका लागि विडम्बना हुनेछ।
– रबिन्द्र मिश्र विवेकशील साझा पार्टीका संयोजक
साभार अन्नपूर्ण पोस्ट






**mind vault**
mind vault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
https://t.me/Top_BestCasino/4
For 188bethiphop, it offers a great gaming experience. High levels of customisation and lots of ways to win. 188bethiphop
VN69bet – heard that name! My mate was raving about how easy it is to navigate… If it’s as smooth as he’s saying, it’s worth the checkout: vn69bet
VG99 hả? Thấy quảng cáo rầm rộ lắm đó. Để vào xem có đúng là ‘ngon’ như lời đồn không đã. Biết đâu lại tìm được bến đỗ mới. Let’s explore vg99.
Luôn chơi có trách nhiệm, kiểm soát cảm xúc, tránh tâm lý “gỡ gạc” khi thua. – Đọc kỹ các quy định, chính sách của 188v app trước khi tham gia để bảo vệ quyền lợi cá nhân. – Đảm bảo thông tin tài khoản, giao dịch được bảo mật an toàn. TONY01-12
188V có mục “Top slot tuần” – cập nhật những game được yêu thích nhất, giúp bạn không bỏ lỡ xu hướng. TONY01-23
Đội ngũ hỗ trợ khách hàng của like88 hoạt động 24/7 thông qua nhiều kênh liên lạc như live chat, email, và hotline. Điểm nổi bật là thời gian phản hồi trung bình chỉ 30 giây cho live chat và 2 giờ cho email – thuộc top đầu trong ngành. TONY01-23
BD99casino has got everything you’d expect from an online casino. Good variety of games, and the customer support is responsive which is a major plus. Give them a whirl. bd99casino
5522betvip feels pretty slick. The VIP program looks tempting, but always wager within your means. Have fun! Find it at: 5522betvip
7mcnmacao’s got some decent sports info. Worth a quick look before placing a bet. Good luck out there! Check it out: 7mcnmacao
Tried out 79kings1 last night. Site looks a little dated, but the games are there. Not a bad option if you’re not too fussy about the design. Could be worth a look if you’re bored. 79kings1
Just got the download 188bet app. So far, it’s really clean and responsive. Navigation is a breeze. For those constantly on the go, downloading is a must! download 188bet
Alright Yugi fans! Finally found a place to download Yu-Gi-Oh games for free! Been searching forever. Check it out tải game vua trò chơi yugioh miễn phí. Hope it’s legit and no viruses!