डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ|

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्छ|

डिभोर्सपछि आफ्नै घर पनि नर्क जस्तो लाग्न थाल्यो

डिभोर्स हुनु अघि मलाई श्रीमानको घर जेल जस्तो लाग्थ्यो।

तर आज, सम्बन्धविच्छेद भएको साढे तीन वर्षपछि आफ्नै घर कहिलेकाहीँ नर्क जस्तो लाग्छ।

मैले १९ वर्षको उमेरमा आफ्नै रोजाइमा विवाह गरेकी थिएँ। मेरो श्रीमान शान्त स्वभावका, कामकाजी मान्छे थिए। तर उनि अलिक जिद्दी पनका थिए |आफ्नो कुरा सही ठान्ने स्वभाव थिए, तर मनको सफा थिए।

हाम्रो विवाह भएको झण्डै तीन वर्ष भइ सक्दा हाम्रो  एक वर्षको छोरा भइ सकेको थियो ।

सुरुका दिन राम्रा बिते । सबै राम्रो थियो तर म फरक थिए छिटै  भावुक हुन्थे । रिस छिटो उठ्थ्यो। श्रीमानले मेरो व्यवहार बारे केही नराम्रो भनिदिए पनि म झोला बोकेर तुरुन्तै  माइत जाने गर्थें।

माइतीमा सबै मेरो पक्षमा उभिनुहुन्थ्यो। किनकि मैले सधैं उहाँका गल्ती मात्र सुनाउँथेँ, आफ्ना गल्तीहरू लुकाउँथेँ। विस्तारै मलाई पनि लाग्न थाल्यो कि गल्ती सधैं उहाँकै हो।

एक दिन सामान्य विवाद ठूलो झगडामा बदलियो।

रिसको बेला मैले श्रीमानलाई यस्तो शब्द भनेँ, जुन सायद कुनै पनि सम्बन्धलाई गहिरो चोट दिने खालको थियो। उहाँले सहन सक्नुभएन। आवेगमा आएर एक झापड हान्नुभयो।

त्यो झापडले मेरो शरीरभन्दा धेरै मेरो अहंकारलाई चोट पुर्‍यायो।

म नानी लिएर माइती फर्किएँ। आफ्ना गल्ती नभनेर उहाँको व्यवहार मात्र सुनाएँ। परिवारले पनि मेरो पक्ष लिए। मैले आवेगमै महिला दुर्व्यवहारको मुद्दा दायर गरेँ।

त्यसपछि केही दिन म आफैंलाई प्रश्न गर्न थालेँ।

के उहाँ साँच्चै नराम्रो मान्छे हुनुहुन्थ्यो?

यदि होइन भने, हामी यहाँसम्म कसरी आइपुग्यौँ?

केही समयपछि उहाँले माफी माग्नुभयो। मैले मुद्दा फिर्ता लिएँ। परिवारले फेरि सम्बन्ध जोड्ने प्रयास गर्‍यो। म पनि तयार भएँ।

केही महिना सबै ठीक भयो।

तर फेरि झगडा भयो।

र म फेरि माइती फर्किएँ।

केही समयपछि उहाँ बिरामी हुनुहुन्छ भन्ने सुनें। मनले धेरै कुरा सोच्यो। सायद कसैले आएर बोलाउँछ भन्ने आश गरें।

तर कोही आएन।

बरु एउटा पत्र आयो।

सम्बन्ध विच्छेद को पत्र।

पत्र हातमा लिँदा पहिलो पटक मैले सम्बन्ध टुट्नु भनेको कस्तो हुन्छ भन्ने महसुस गरेँ। त्यसपछि अदालत, अंश, खर्च, कागज, प्रक्रिया सबै पूरा भयो।

बच्चा मसँग आयो।

मैले आर्थिक सुरक्षा पाएँ।

तर त्यसपछि बुझेँ, केही सम्बन्ध कानुनी रूपमा टुटे पनि मनभित्र धेरै वर्ष बाँकी रहन्छन्।

आज साढे तीन वर्ष बितिसकेको छ।

उहाँले फेरि नयाँ जीवन सुरु गर्नुभएको छ भन्ने सुन्छु। तर म एक्लै छु अनेक कुराको जन्झाल मा छर छिमेकी समाज  ,,,, म उहाँलाई दोष दिन्न किनकि धेरै कमजोरी मेरै थियो ।

तर कहिलेकाहीँ म आफूलाई सोध्छु…

यदि त्यो दिन म अलिकति नरम भएको भए?

यदि मैले आफ्ना गल्ती पनि स्वीकार गरेको भए?

यदि हामी दुबै एकछिन शान्त बसेका भए?

सायद आज मेरो संसार अर्कै हुन्थ्यो।

आज मैले एउटा कुरा बुझेकी छु।

परिवार टिकाउनु भनेको सधैं जित्नु होइन।

कहिलेकाहीँ माफी माग्नु पनि हो।

कहिलेकाहीँ आफूलाई पनि हेर्नु हो।

कहिलेकाहीँ प्रेमलाई अहंकारभन्दा ठूलो बनाउन सक्नु हो।

यो लेख कसैलाई सम्बन्धमा बस्न बाध्य पार्ने सन्देश होइन।

तर यदि सम्बन्धमा अझै सम्मान, संवाद र सुधार गर्ने ठाउँ बाँकी छ भने, रिसको एउटा क्षणलाई जीवनभरको निर्णय नबनाउनुहोस्।

किनकि केही निर्णयले स्वतन्त्रता दिन्छन्।

र केही निर्णयले जीवनभर सम्झना।

हरेक सम्बन्ध फरक हुन्छ।

तर सम्बन्ध टुट्नुअघि एकपटक मन शान्त बनाएर कुरा गर्ने प्रयास भने सधैं गर्न सकिन्छ।

कहिलेकाहीँ सम्बन्ध टुट्नु समाधान हुन सक्छ, तर निर्णय अघि संवाद, सम्मान र धैर्यलाई मौका दिनुपर्छ। हरेक सम्बन्ध एउटै हुँदैन। सुरक्षित र सम्मानजनक सम्बन्ध नै सबैभन्दा महत्वपूर्ण हुन्छ।

हरेक सम्बन्ध फरक हुन्छ। अपमान, हिंसा वा असुरक्षित अवस्थालाई सहनुपर्छ भन्ने होइन। संवाद, सम्मान र सुरक्षित निर्णय सधैं प्राथमिकता हुन्छ ।

समय फर्किँदैन, तर अनुभवले सिकाउँछ। सम्बन्ध बचाउन सकिने ठाउँमा संवाद गर्नु, रिसमा निर्णय नगर्नु र आफ्नो कुरा मात्र नगरीकन अर्को पक्षको भावना पनि बुझ्नु धेरै आवश्यक हुन्छ। कहिलेकाहीँ एकछिन रोकिनु नै जीवनको सबैभन्दा सही निर्णय हुन सक्छ

यो लेख एउटा अनुभव र आत्मचिन्तनमा आधारित कथा हो। हरेक सम्बन्ध फरक हुन्छ र सम्मान, सुरक्षा तथा संवाद सधैं प्राथमिकता हुन्। धन्यवाद। (कथा जिबनको )

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

Leave a Comment